वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व चतुर्थी - ४
कारागार कार्यालय रूपन्देही, नेपालको लुम्बिनी प्रदेश अन्र्तगत रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२,कालिकापथमा अवस्थित छ ।यो नेपालका पुराना कारागारहरु मध्ये पर्दछ । यसको स्थापना वि.सं. १९९० मा भएको हो । कुल १ बिघा ७ कठ्ठामा फैलिएको यस कारागारमा २ वटा पुरुष बन्दीगृहहरु रहेका छन् । १ नं.बन्दीगृहमा १०० जना र २ नं. बन्दीगृहमा १५० गरी कुल २५० जना कैदी-बन्दीहरु राख्न सक्ने क्षमता भएको यस कारागारमा हाल क्षमता भन्द बढी कैदी-बन्दीहरु रहेका छन् । कारागार प्रशासन र सुरक्षा ब्यारेकका छुट्टा-छुट्टै भवनहरु रहेका छन् । कारागारमा रहेका सबै भौतिक संरचनाहरु निकै पुराना र जीर्ण अवस्थामा छन् ।